जहाँ हुनुहुन्छ त्यहिँ बस्नुस,आपुर्तिको जिम्मा सरकार लिन्छः अध्यक्ष बम

कालिकोट, संघिय सरकारले लकडाउनलाई कढाई गरेसंगै पलाँता गाउँपालिका कालिकोटले पनि आफनो गाउँपालिकामा प्रबेशमा कढाई गरेको छ । कोरोना रोकथामका लागि पलाँता गाउँपालिका कालिकोटले नयाँ प्रबेशीलाई गाउँपालिकामा प्रबेशमा कढाई गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लक्षमण बमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केहिदिन गाउँपालिका प्रबेश नगर्न अनुरोध गरेका छन । उनले भनेका छन भोलि देखि पलाँता प्रबेश निषेध हुने हुदा जहाँ हुनुहुन्छ त्यतै बस्न अनुरोध छ ।

साथै हुनले पलाँता सरकार साथमा छ आपुर्तिको जिम्मा सरकार लिन्छ । घरबाहिर ननिस्कनुहोस् हाम्रो सानो गल्तिले ठूलो क्षति हुन सक्छ भन्दै बुझौ र बुझाउ ,बचौ र बचाउ समेत भन्दै आग्रह समेत गरेका छन ।