राहत बोकेर वडाध्यक्ष पुगे टोल-टोलमा

भालुवाङ, दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत राहत बोकेर टोल टोलमा पुगेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न शनिबार वडा अध्यक्ष सहितको टोली टोल टोलमा पुगेर राहत वितरण गरेका छन् ।

गाउँपालिकाको ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल,दाल नुन, तेल,सावुन लगायतका सामग्री वितरण गर्ने कार्यक्रम अनुसार दैनिक रुपमा ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने तथा अपांगता, जेष्ठ नागरिक,एकल महिला र असहाय वर्गका घरपरिवारलाई सो राहत प्रदान गरेका हुन् ।

जस अनुसार सिंगेमा २४,लठ्ठहवा र भुल्केमा ८,पहरूवामा ६,कालापानीमा ६,थकरीकोटमा ८,करङगेमा ७,पुनखोलामा ४ र कमलरोडमा १ घरपरिवार गरि कुल ६४ घरपरिवारलाई राहत प्रदान गरिएको वडा अध्यक्ष रावतले जानकारी दिएका छन् ।

जसमा प्रति परिवार

चामल ५ केजी,दाल १ केजी,नुन १ पोका, नुहाउने र कपडा धुने सावुन २ पिस तथा अाधा लिटर तेल प्रदान गरिएको छ । त्यसै गरि गाउँपालिकाको वार्षिक कार्ययोजना अनुसार कृषि शाखाबाट प्राप्त बोडी,घ्युसेमी,धनिया,भिन्डी,करेला सहितको ६४ प्याकेट तरकारीको बिउ ८ वटा टोलमा प्रदान गरिएको छ । व्यवसायीक तरकारी खेती गर्ने किसानलाई सो बिउ प्रदान गर्न टोल विकास समितिलाई जिम्मा लगाइएको छ ।