बासी समाचार

काग
एका बिहानै घामको झुल्कोले
झसंङ्ग भएको यो मनुवा
निद्रा हराएर
बाटो बिराएको बटुवा झैँ
ओछ्यानमा डर्लङ्ग लडेको बेला
छानाबाट कराइरहेछ काग
बासी समाचार ।

हरेक दिन तिम्रा मानवरुपी आत्माहरुको
अन्तिम दाहाँ संस्कार गरिदैछ
तै पनि लुटन व्यस्त छन ।
तिम्रा दरिला शक्तिका साढेहरु
गोरु जोतिरहेछन हलो अड्काइरहेका खेतालाहरु
मकै छरे जस्तो
कनिका छरिरहेछन जनहरुलाइ सपना
अनि भन्दैछन समृद्ध नेपाल दुस्खी नेपाली
तेसै बिचमा एउटा सानो उपहार आयो
चाइनाबाट चाइना भनेको तिम्रो छिमेकि देश हो ।

हरेक प्रहर र घडिमा
पुरानो देश चाइनाको माल
आज छ भोलि छैन भन्ने उखान थियो रे
तर
आजकाल उसले बनाएको एउटा तत्वले सारा
दुनिया लाइ वाक्क दिक्कमात्र कहाँ होर
रुवाएर छाड्यो
कारण उसले यसपालि बनाएको सामान
सक्कली परेछ के रे
लौरो टेक्नेहरु भारि बोक्नेहरुको
खोसिएको छ गासहरु
दैनिकि गुजारा गर्यो हरण
खै परुन कहाँ सरण
जनहरु र दुस्खी मनहरु
रोइलो गर्नुको पिडा
तैले सुनिस अनि मैले सुने
त सुतिरहेको छैनस त नौटंकि गर्दैछस
अर्थात घोषित नियम पालना गर्दैछस
वा आराम गर्दैछस
उहिले भन्थिस
मलाइ फुर्सद छैन .
अहिले भन्दैछस कसरि समय विताउने होला
सायद तँ तेसैले निधारमा घाम परोस भन्ने चाहन्छस ।

त डराएको छस भोलिको झुल्को घामको प्राप्त हुनेमा शंका छ तलाइ
किनकि तेरो देशमा पनि त भित्र्याइ सकेका छन दुबइ कतार गएर


अनि पालो आयो मेरो
म पनि कम के थिए र
धपाए काग छाना सुनसान भयो
अन्धाकार जस्तै छ दुनिया
कोहि कसैलाइ चिन्दैन
अनुहार पनि छोपेर हिडैछ दुनिया
मानौ उसले ठुलै अपराध गरिसकेको छ
प्रकृतिसँग….।

तँ जस्ता कागहरु दुनियाँमा
कराएरै हिडछन्
खै अब त पालो पनि कराउने कागको नै होला
बाँकि दुनिया त रोइलो मै व्यस्त छ
भुडि भएकाहरु भुडि भर्न मै व्यस्त छन्
आत्मा कमजोर भएकाहरु मर्न मै व्यस्त छन्
जता ततै मानव अस्त र व्यस्त छन् ।
अस्पतालमा डाक्टर छन् उपचार छैन्
‌औषधि छ तर उपचार छैन्
लाशहरु छन् मलामी छैनन् ।

उहिले उहिले जबरजस्ति नरसंहार गर्ने चलन थियो
विश्व युद्ध हुन्थ्यो करोडौ आत्माहरु एउटै चिहानमा अन्त्यस्टी हुन्थे

विश्व एक ठाँउमा फरक फरक ध्रुबमा बाडिन्थ्यो
तर आज
त्यो अवस्था नआउदै
न देखिने न छुन मिल्ने
हावामा पनि मौलाउने
गजब र अजबको आत्माहरु हरण गरेर
मानव सभ्याता र विज्ञान माथि
ठाडो चुनौतिको चाङ लगाइरहेको छ
अनि भन्न मन लाग्छ त काग नै ठिक छस होला
संसार भय र त्रासमा छ   ।
तर तँ काग भने
जहिले नि उहि बासि बासि समाचार लिएर
मेरो घर आँगन डुल्छस अनि बल्ल बल्ल भेटेको
फुर्सदको मेरो निद्रा बिथोल्छस अनि रमाउछस आफ्नै
अवरोध हिन र त्रासहिन दुनियाँमा ।
अनि पटक पटक ल्याउछस उहि बासि समाचार
भो अब सुन्दिन तेरो बासी समाचार ।