विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख नजिक

कोरोना भाइरस (कोभिड १९) बाट विश्भर ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

यसैगरी भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ। शनिबार बिहानसम्म १ लाख ९८ हजार ४३५ जना यो भाइरसबाट संक्रमित भएका छन् । जसमामा २ लाख २८ हजार ९२३ जना मात्रै निको भएका छन् । संक्रमतिहरुको उपचार भइरहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६४१ जनाको भएको छ । यस्तै अमेरिकामा ७ हजार ३९२, स्पेनमा ११ हजार १९८, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ जना संक्रमित भएका छन् । त्यसमा पनि एक जना निको भइसकेका छन् ।