अस्ट्रेलियामा रहेका नेपालीको अवस्था बुझ्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुको वास्तविकता बुझ्न निर्देशन दिएका छन् ।

अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि मन्त्री पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका हुन् ।

मन्त्री पोखरेलले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएका मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ ।