जुम्मा मुबारक हो – नेपाली मुस्लिम समुदायमा मेरो अपील !

जसरी हामी गत हप्ताकाे शुक्रवार नमाज घर मै पढेका थियाैँ । त्यसरी नै आजको ९शुक्रवार नमाज आज पनि जोहर नमाज आ आफनै घरमा पढ्न हार्दिक अपील गर्दछु ।

यस बारेमा मदिना नुरी मस्जिद गणेशपुरबाट घरमै नमाज पढना मस्जिदबाट मैकिंग समेत भएको छ तथा नेपालगंज बांके जिल्लाका बिभिन्न मस्जिदहरूबाट शुक्रवारको नमाज घरभित्रै पढनाकोलागि माइक द्वारा अनाउन्स समेत भैरहेको छ । नेपाल भरिका संम्पुर्ण मस्जिदहरूबाट नमाज हुनु अगावै घरमा नमाज पढना मैकिंग गरिदिन सबै जिल्लाका मस्जिदहरूका जिम्मेवार धर्म गुरू हरूमा हार्दिक अपील गर्दछु ।

सबै मुस्लिम समुदायमा अनुरोध गर्दछु तपाईहरू प्रत्येक दिनको पांच समयको नमाज डेली पढौ अल्लाहपाकसंग प्रार्थना गरौ कि यो महामारी मेरो देश नेपालबाट तथा संसार भरिबाट समाप्त होस तथा जो यस वायरसबाट ग्रसित भएका छन अल्लाहपाकले उनि सबैलाई शिघ्र स्वस्थय लाभ प्रदान गरून ।

कोरोना वायरसबाट बाच्न र बचाउन सरकारले दिएको दिशानिर्देश कानुनको पालना गर्नु हामी सबैको कर्तब्य हो । इस्लाम धर्मले समेत आफनो देशको कानुन को सम्मान गर्न हामी माथि फर्ज गरेको छ हामी पालना गरे अल्लाहपाक खुशी हुने छन र तपाईको पुण्यको खाता मा यो पुण्यलाई समेत समावेश गर्ने छन ।

अति अवश्यक बहेक घरबाट बाहिर न निकलौ आफू पनि बाचौ अरूको समेत ख्याल गरौँ । इस्लाम ले यही सिखायेको छ । हिन्दी भाषामा रहेको केहि हदीशहरू यही पोस्टमा राख्दैछु । पढनुहोला हदीश र आफनो देशको कानुन दिशानिर्देशको पालन गरौ यही इस्लाम हो त्यस पश्चात नै तपाईको सबै प्रार्थना उपासना अल्लाहपाकले कबूल गर्ने छन ।

हदीश
हुज़ूर नबी ए करीम सल्लल्लाहो अलैहे व आलेही व सल्लम का इरशाद ए पाक

१. बीमार ऊँट को तन्दरुस्त ऊँट के पास न ले जाओ (सही मुस्लिम ५७९१

२.जुज़ामी ,(कुष्ठरोगी)शख़्स से इस तरह भागो जिस तरह शेर से भागते हो (सही मुस्लिम ५७०७)

३ं.जब तुम उन जुज़ामी(कुष्ठरोगी) खतरनाक एक से दुसरे मे फैलने वाला रोगी से बात चीत करो तो तुम्हारे उनके दरमियान एक नेज़े का एकमिटर फ़ासला होना चाहिए ( मुस्नद अहमद)

४. जब तुम्हे मालूम हो कि किसी जगह ताऊन (एक दुसरे मे संक्रमण फैलाने वाला बीमारी) है तो वहाँ मत जाओ और जहाँ तुम हो वहाँ अगर ताऊन (बीमारी) फैल जाए तो उस जगहको छोड़ कर मत जाओ