सरकारले औषधी ल्याउन सेनालाई दिएको जिम्मेवारी तत्काल फिर्ता लिनुपर्छः सांसद चौधरी

भालुवाङ, दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले संकटका बेला नेपाल सरकारले चीनबाट औषधी लगायतको स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रति आपत्ती जनाएका छन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत सो आपत्ती जनाएका हुन् ।

उनले सेनालाई औषधी ल्याउने जिम्मेवारी दिदा हामी केही पनि गर्न सक्दैनौ सबै भ्रष्टचारी छौ । जनताको बिश्वास गुमाएकोले यो सबै कामको जिम्मेवारी नेपाली सेनालाई दिएको र दोस्रो नेपालको शासन सत्ता पनि सेनालाई नै सुम्पिने जस्ता कुराले दुखी बनाएको बताएका छन् । संकटको समयमा हामी सक्षम छौ ।

संकटको सामना गर्न सक्छौ भन्ने बलियो मनोबिज्ञान निर्माण गर्ने समयमा नेपाल सरकार यसबाट चुकेको उनले बताएका छन् । यसलाई पुनस् स्थापित गर्नुपर्ने देखिएकोले सेनालाई दिएको जिम्मेवारीलाई पुनस् फिर्ता गरि सो कार्य विधि पुरयाएर नेपाल सरकारले नै फास्ट ट्रेयक बिधिबाट गर्नुपर्ने बताएका छन् ।

जसले जे भने पनि यो निर्णय आलाकाँचा निर्णय नै हो । पाका नेताहरूका क्याबिनेट र नेतृत्व हुँदा पनि यस्तो निर्णय हुनु शोभनिय बिल्कुलै होइन । यस बिषयमा नेताहरू पुनस् बिचार गर्नुपर्ने जरूरी देखिन्छ कि त आफूलाई असक्षम घोषण गरेर हात माथि उठाउनु पर्ने बताएका छन् ।