यसकारण कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री भण्डारी पुगे दशगजा

नेपालगन्ज,बाँके कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटघाट गरेका छन् । रोजगारको शिलशिलामा भारतबाट नेपाल फर्कर्दै गरेका उनिहरुलाई मन्त्री भण्डारीले भेटेका हुन ।

उनीहरुलाई अहिले दशगजामा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन अवलोकन पछि मन्त्री भण्डारीले त्यहाँ रहेका कर्णालीबासी र अन्य व्यक्तिहरुको अवस्था बुझन दशगजा पुगेको बताए ।

मन्त्री भण्डारीले कर्णालीबासीलाई केही समस्या भए सरकार सहयोग गर्न तयार रहेको समेत बताए ।‘कर्णालीका नागरिकको अवस्था बुझ्नको लागि हामी आएका हौ’ उनले भने,‘यहाँको अवस्था राम्रो छ । अन्य सहयोग गर्नु परेमा हामी तयार छौ ।’ उनले कर्णालीबासलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने र त्यस पछि प्रदेश सरकारले सम्बन्धित जिल्लामा पुयाउने समेत बताएका छन् ।

क्वारेन्टाइनमा सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७ डोल्पाका ३, दैलेखका १०, , मुगुका २ जना छन् ।यस अघि मन्त्री भण्डारीले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग समेत भेटघाट गरेका थिए ।