यसरी क्वारेन्टाइमा बसेकाहरुले नै बनाए स्कुलको चौतारी
प्रकासित मिति : २०७६ चैत्र २१, शुक्रबार १८:४७
प्रकासित समय : १८:४७
डोल्पा ,ठुलीभेरी नगरपालिका ९ गौरी आधारभुत बिद्यालयको क्वारेन्टाइनमा राखेका युवाहरुले स्कुलको चौतारी बनाएका छन । गौरी आधारभुत बिद्यालय ठुलीभेरीमा राखेका १२ जना क्वारेन्टाइनमा राखेका युवाहरुले चौतारी बनाएको स्थानीय अगुवा युवा तिलक डाँगी बताए ।
डाँगीले बसेको समयलाई सदुपयोग गर्दै क्वारेन्टाइनमा बसेका युवाहरुले बिद्यालयमा चौतारी बनाएको बताए । उनले पुर्ण सचेतताका साथ क्वारेन्टाइनमा बसेको र सचेतपुर्ण ढंगले समयको उपयोग गरेको जानकारी दिए ।
डाँगीका अनुसार १२ जना स्थानीयहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । उनिहरुको सुरक्षाको लागि प्रहरी हवल्दार गणेशनाथ योगी सहित सहित २ जना रहेका छन ।
नगरपालिकाले नेपालगन्ज लगायत अन्य बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेको थियो ।