यसरी क्वारेन्टाइमा बसेकाहरुले नै बनाए स्कुलको चौतारी

डोल्पा ,ठुलीभेरी नगरपालिका ९ गौरी आधारभुत बिद्यालयको क्वारेन्टाइनमा राखेका युवाहरुले स्कुलको चौतारी बनाएका छन । गौरी आधारभुत बिद्यालय ठुलीभेरीमा राखेका १२ जना क्वारेन्टाइनमा राखेका युवाहरुले चौतारी बनाएको स्थानीय अगुवा युवा तिलक डाँगी बताए ।

डाँगीले बसेको समयलाई सदुपयोग गर्दै क्वारेन्टाइनमा बसेका युवाहरुले बिद्यालयमा चौतारी बनाएको बताए । उनले पुर्ण सचेतताका साथ क्वारेन्टाइनमा बसेको र सचेतपुर्ण ढंगले समयको उपयोग गरेको जानकारी दिए ।

डाँगीका अनुसार १२ जना स्थानीयहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । उनिहरुको सुरक्षाको लागि प्रहरी हवल्दार गणेशनाथ योगी सहित सहित २ जना रहेका छन ।

नगरपालिकाले नेपालगन्ज लगायत अन्य  बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेको थियो ।