दाङमा एक घरबेटीकाे घाेषणा लकडाउन अबधिभर घरभाडा लिन्न

भालुवाङ, दाङकाे देउखुरी स्थित भालुवाङ पुल्चाेक बजारका एक घरबेटीले अाफ्नाे घरमा बस्ने र सटर व्यवसाय गर्नेहरू संग लकडाउन अबधिभर कुनै प्रकारकाे घर भाडा नलिने घाेषणा गरेका छन् । भालुवाङ पुल्चोक बजारकाे प्युठानराेड स्थित शाेवबहादुर बिष्टले अाफ्नाे घर भाडामा बसेका पसलहरुलाई घरभाडा नलिने घाेषणा गरेका हुन् ।

काेभिड 19, काेराेना भाइरसबाट विश्व आक्रान्त भएको बेला नेपाल सरकारले आफ्ना नागरिकहरुलाई सम्पूर्ण व्यापार व्यवसाय, उद्योग धन्दा , कलकारखाना बन्द गरेर घर भित्र बस्न आव्हान गरेपछि यतिखेर देश लकडाउन छ । लकडाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घरमा भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा अब कसरी तिर्नेहोला भनेर दातबाट पसिना छुटेको छ ।

लक डाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घरमा भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा अब कसरी तिर्नेहोला भनेर दातबाट पसिना छुटेको छ । यसैबीच नेपाल सरकारले सम्पूर्ण घरधनी नागरिकहरुलाई आफूले मासिक रूपमा लिदै आएको घरभाडा नलिनका लागि अाव्हान गरेको छ । सरकारले गरेको उक्त घाेषणालाई शिरोपर गरेर घरधनी बिष्टले त्यसरी घरभाडा नलिने कुरा बताएका छन् । बिगत ५/६ महिनादेखि भारत उत्तर प्रदेश बलरामपुरका महेश गुप्ताले बिष्टको घरमा सटर मासिक ५ हजारका दरले भाडामा लिएर तरकारी पसल गर्दै आएका छन् ।

सरकारले लकडाउनकाे अवधि अरुपनि थप गरेको खण्डमा सम्पूर्ण लकडाउन अवधिभरकाे घरभाडा नलिने पनि बिष्टले जानकारी गराएका छन् । देशका अन्य भूभागमा रहेका घरधनीहरुलाई यसैगरी आ-आफ्नो घरको भाडा नलिएर सरकारलाई सहयोग गर्न पनि बिष्टले सुझाएका छन् । दाङको पूर्वी देउखुरीमा अवस्थित भालुवाङ्ग पुल्चोक बजार पूर्वपश्चिम लगायत धेरै पहाडी जिल्लाहरुकाे केन्द्रबिन्दु जस्तै व्यस्त रहने चाेक परेको ठाउँ हाे । हामीले थाहा पाएसम्म स्वेच्छाले आफ्नो घरको भाडा नलिने घाेषणा गरेका उनी नै पहिलो घरधनी नागरिक हुन् । यस्ता समाजसेवी व्यक्ति समाज र देशका लागि अमूल्य गहना हुनसक्छन् । राज्यले यस्ता व्यक्तित्वको उचित सम्मान गर्न सक्नुपर्छ ।