दाङ देउखुरीको पहरूवामा कोरोना भगाउन पुजापाठ
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरीधाममा कोरोना भाइरस भगाउन पूजापाठ तथा होम गरिएको छ । कोरोना भाइरसबाट बच्न र बचाउन तथा विश्वमा शान्तिको कामना गर्दै मन्दिरकी माता लक्ष्मी चाैधरीले अाफ्ना भक्तहरूलाई जम्मा गरेर ३३ कोटी देवी देउताको पुजापाठ तथा होम गरेकी छिन् ।
विश्वभर कोरोनाले हजाराै मानिसहरूको ज्यान गइसकेको र हजाराै मानिसहरू संक्रमित भइरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि होम तथा पुजापाठ गरेको उनले बताएकी छिन् ।
विश्वमा धर्म भन्दा बढी पाप हुन थालेको र मानवजातीले जथाभावी जिवजन्तुको मासु सेवन गर्ने गरेका कारण नयाँ नयाँ रोग अाउने गरेको उनले बताएकी छिन् । हामीले पुजापाठ तथा होम गरेका छाै अवश्य यो नेपाललाई नोक्सानी गर्ने छैन र नेपालबाट निर्मुल हुनेमा विश्वस्त रहेको माता चाैधरीले बताएकी छिन् ।