बिद्यार्थीहरुको कोठाभाडा मिनाह गर्न अखिल क्रान्तिकारी जाजरकोटको आग्रह

जाजरकाेट , कोरोना भाइसको कारण सरकारले केहिदिनअगाडि जारी गरेको लकडाउनमा परि अलपत्र परेका नागरीकहरुलाई उद्धार गर्न बिद्राेही नेकपा निकट अखिल क्रान्तिकारी जाजरकोटले आग्रह गरेको छ । अखिल क्रान्तिकारी जाजरकोटले आज एक बिज्ञप्ती जारी गर्दै कामको शिलशिलामा बिभिन्न ठाउँबाट आउदै गरेका नागरकिहरु बिचबाटोमा अलपत्र परेकाले यसको यथासिघ्र उद्धार गर्न गरेकाे हाे  ।

अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष बिराजन शाहीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । यस्तो जटिल प्रक्रियामा सरकार र सरोकारवाला निकायहरुको बिषेश ध्यान जान जरुरी छ ।

क्रान्तिकारीले पढाईको शिलशिलामा बिभिन्न ठाउँमा कोठा भाढामा रहने बिद्यार्थीको कोठाभाडा मिनाह गर्न समेत आग्रह गरिएको छ । बिज्ञप्तिमा भनिएकाे छ  याे अप्ठयाराे परस्थितिमा  लाखाैँ  बिद्यार्थीहरू समास्यामा छन यसकाे संबाेधन हुन जरूरी छ ।  त्यस्तै बिदेशबाट आउने नागरीकहरुलाई दुई साता क्यारेन्टाइनमा राख्न समेत आग्रह गरिएको छ ।
यस्तो छ बिज्ञप्ती