बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो

काठमाडौं,बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ ।

 बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ५६९ जनाले ज्यान गुमाएका थिए ।

कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् । अहिले बेलायतमा ३० हजार ६६२ जनाको कोरोनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १६३ जनाको अवस्था गम्भीर छ ।