देशभर १२० जना आइसोलेनमा,१२ सय ७७ जनामा कोरोना परीक्षण

काठमाडौं,देशै भरका आइसोलेसनमा कोरोना आशंकाका १२० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म एक हजार २७७ जनाको कोरोनाको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको छ ।

“आजबाट काठमाडौं उपत्यककामा विभिन्न अस्पतालको आइसोेलेसनमा १५ जना भर्ना भएका छन्,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भएको पत्रकार सम्मेलनमा भने, “यस्तै उपत्यककाबाहिर सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा एक सय ५ जना भर्ना भएका छन् ।”

मन्त्रालयले सञ्चालन गरेको १११५ र ११३३ मा तन हजार ५ सय २ जनाको कोरोनासम्बन्धी गुनासो समाधान गरिएको उनले बताए । उनले मन्त्रालयको जारी गरेको मोबाइल एपमा कोरोना भाइरसको लक्षणहरू संक्रमण छ कि छैन भनेर आजसम्म करिब ६ हजारले आफ्नो दर्ता गरेको जानकारी दिए । उनका अनुसार तीमध्ये एक सय ७ जना रेड जोनमा राखिएको छ ।

उनले भने, “भक्तपुरको खरिपाटीको क्वारेनेन्टाइनमा रहेका ९६ जनाकै आज नमुना संकलन गरिएको छ ।” कैलाली र कञ्चनपुरमा रहेका क्वारेन्टाइनमा रहेका ९२ जनाको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।