चेम्बरद्वारा सिसहनियाँका अग्नी पिडित कार्कीलाई राहत रकम प्रदान

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका आगलागी पिडित तारा कार्की(विष्ट) तथा रमेश कार्कीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बिहीबार एक कार्यक्रमका बिच राहत रकम प्रदान गरेको छ । चेम्बरका अध्यक्ष कुमार अधिकारीले आगलागी पिडित कार्की दम्पतीलाई चेम्बरका पदाधिकारी मार्फत संकलन गरेको नगद १३ हजार २ सय ७० रूपैयाँ प्रदान गरेका हुन् ।

जसमा चेम्बरका सल्लाहकार विष्णु पुन रावतबाट २ हजार १ सय, महासचिव चुमबहादुर बुढा मगरबाट १ हजार ५०, दोस्रो उपाध्यक्ष चित्रबहादुर केसी १ हजार ५ , सोनु कार्की १ हजार ५ ,सल्लाहकार श्यामा रावतबाट १ हजार ५, अध्यक्ष कुमार अधिकारी, प्रथम उपाध्यक्ष नेमलाल शर्मा (मनु),सचिव गोपाल खत्री,कोषाध्यक्ष प्रेमबहादुर बुढाथोकीबाट १/१ हजार रूपैयाँ, सदस्य राजु विश्वकर्माबाट ५ सय ५०, सल्लाहकार गोविन्दबहादुर कुवर क्षेत्रीबाट ५ सय ५०, सदस्य जितेन्द्र गुप्ताबाट ५ सय ५ र सल्लाहकार शान्तराज शर्मा मधु सुवेदी , सदस्य प्रतिमा अाचार्यबाट ५/५ सय रूपैयाँ सहयोग गरेका थिए ।

उद्योग,व्यापारीहरूलाई विपद परेका बेला चेम्बरले राहत दिएको हो । पिडित कार्कीको विन्दबासिनी किराना पसलमा मंगलबार राती ८:१५ बजेको समयमा अागलागी भएको थियो । आगलागीबाट किराना पसलका सामान जलेर खरानी भएको थियो । भने पसल भित्र रहेको मोटरसाइकल र पसलमा रहेको नगद २ लाख रूपैयाँ समेत गरि लाखाैँको क्षति भएको थियो ।