दाङको लमहीमा ठेक्का, गढवाको क्षेत्र भित्र उत्खनन्

भालुवाङ,देश कोरोना महामारीको संकटमा छ,जताततै लकडाउन छ त्यहि मौका छोपेर लमही नगरपालिकाको ठेक्का लिएको जय कालिका निर्माण सेवा लमहीले लमही नगरपालिका ४ को बुुटकटहवा घाटको नदीजन्य पदार्थ उत्खनन् गर्ने इजाजतको रसिद काटेर गढवा ५ धर्मपुुर र तकियापुुरमा उत्खनन् गरेको र केही माल स्थानीय समृद्धि क्रसर उद्योगमा बिक्री गरेको पाइएको गढवा गाउँपालिकाले जनाएको छ ।

चैत्र १६ गते विभिन्न अनलाइनमा आएको समाचारले गढवा गाउँपालिकाको गंभिर ध्यानाकर्षण भएको छ । चैत्र १७ गते इलाका प्रहरी कार्यालय गढवाका प्रमुुख र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव तथा विपद ब्यवस्थापन समितिका संयोजक एवं वडानं। ५ का वडा अध्यक्ष प्रकाश भण्डारी लगायत इन्जीनियर र पत्रकारहरुको टोली स्थलगत अनुुगमनमा पुुग्यो । अनुुगमनको क्रममा समृद्धि क्रसर उद्योगलाई ठेक्का लिएको कम्पनिले १६गतेको ६वटा रसिद र १७ गतेको २७ वटा रसिद काटेर मिस्कट बिक्री गरेको पाइएको छ–गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ।

सोही दिन झण्डै ३ मिटरको गहिराइ देखिने समृद्धि क्रसरको पुुर्व उत्तर तर्फको खाडल १९ गते नापलगत तयार गर्न भनि गाउँपालिकाको टिम जाँदा पुुरिएको अवस्थामा पाइएको अनुुगमन टोलिले जानकारी दिएको छ ।  गढवा गाउँपालिकाको टिमले बुुधवार उत्खनन् क्षेत्रका खाडलहरुबाट निकालेको नदीजन्य पदार्थको नाप लगत लिएको छ ।

चारवटा खाडलबाट कुुल ५ हजार ५ सय ६७।२० घनमिटर माल निकालेको र त्यसको न्युुनतम मापदण्ड बमोजिमको राजश्व प्रति घनमिटर २११।६८ को दरले ११ लाख असि हजार ३ सय सत्तरी रुपियाँ गढवा गाउँपालिकालाई ठेकेदार कम्पनिले बुुझाउनुुपर्ने देखिन्छ– गाउँपालिकाका सब इन्जीनियर चन्द्रप्रकाश ओलीले बताएका छन् ।

लमही नगरपालिकाको ठेक्का लिएको जयकालिका निर्माण सेवाले कार्यबिधि बिपरित नदीजन्य पदार्थ उत्खनन् गरेको र गढवा गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने धर्मपुुर र तकियापुुरको राप्तीनदी घाटबाट अनधिकृत उत्खनन् गरेको भन्दै स्थलगत नाप लगत र मुुचुुल्काका आधारमा गढवा गाउँपालिकाले ठेकेदार कम्पनि उपर कार्वाही प्रोसेस चलाउने बताइएको छ । उता सो स्थानमा उत्खनन् भएको २ नम्बरको खाडलको मात्र जिम्मा जयकाली निर्माण सेवाले लिएको छ ।

सो स्थानको मालको लमही वा गढवा जहाँको भएपनि राजश्व बुुझाउने सो कम्पनिले जनाएको छ । अन्य ३ वटा खाडलबाट आफूले उत्खनन् नगरेको र वाइवा कण्ट्रक्सनले तटबन्धन र सडकका लागि उत्खनन् गरेको हुुन सक्ने बताइएको छ । यसै बिच बिहिवार सम्पन्न गढवा गाउँकार्यपालिकाको बैठकले नियमानुुसार जिपिएस लिएर लमही र गढवाको एरिया निर्धारण गरि उत्खनन् गर्नेहरुलाई कार्वाही गर्ने निर्णय गरेको प्रबक्ता बाबुुराम अधिकारीले जानकारी दिएका छन् ।