दाङको गढवा गाउँपालिकाले गर्यो ५० लाखको राहतकोष स्थापना

भालुवाङ, दाङको देउखुरी स्थित गढवा गाउँपालिकाद्धारा ५० लाख राहत कोष स्थापना गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउदै बिपद प्रतिकार्यका बिभिन्न गतिविधि संचालन गर्न र राहत वितरण गर्नका लागि गढवा गाउँपालिकाले ५० लाखको विपद् राहतकोष स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीवार सामाजिक दुुरी कायमगर्दै गाउँपालिकाको सम्पन्न बैठकले यस्तो निर्णय गरेको अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् । गाउँपालिकाको बिपद् ब्यवस्थापन कोष, अध्यक्ष, उपाध्यक्षकप खेलकुुद र संझौता नभएका लक्षित वर्गका कार्यक्रमको बजेटलाई रकमान्तर हुुने गरी बिपद राहत कोष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाले हालसम्म सरकारले घोषणा गरेको लकडाउन लाई पुुर्ण रुपमा पालना गर्न गराउन आम नागरिकहरुमा सुुचना प्रबाह गरिरहेको छ भने कालाकाटे र कोइलाबासमा हेल्थ डेस्क स्थापना गरेर चेकजाँज गर्दै आएको छ । कोरोनाको शंका लागेका ४ जनालाई बुुटवल तथा बेलझुुण्डी पठाएकोमा चारै जनामा कोरोना नेगेटिभ देखिएको र उनिहरु घरमा फर्किसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

भारत लगायत तेश्रो मुुलुुकबाट गढवा गाउँपालिकामा आएका १ सय ५८ नागरिकहरु रहेको र सबै होम क्वारेण्टाईनमा १४ दिनको अवधि बिताई सकेको गाउँपालिकाले जनाएको छ । कालाकाटेको बिद्यालय र गढवाको बिद्यालयमा खोलिएका क्वारेण्टाइनमा भने बिरामीहरु बसेका छैनन् ।

बैठकले सबै वडाहरुमा जनप्रतिनिधी थप क्रियाशिल भएर थप एक एक हजार मास्क वितरण गर्ने,लकडाउनलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने,प्रदेश सरकारको राहत वितरण मापदण्ड बमोजिम मजदुुरी गरेर खानेहरुको तथ्यांक संकलन गरी ३ दिन भित्र पहिलो चरणको राहत प्याकेज वितरण गर्ने निर्णय गरेको छ । किसानहरुको खेति भित्राउने समय भएकोले खेतवारी जोत्ने टे«याक्टर,दाउने थे«सर र साझ विहान कुुटान पिसानका मिलहरु संचालन गर्न दिने निर्णय गरेको छ ।

बजारमा आवश्यक खाद्यान्न आपुुर्तिका लागि गढवा उद्योग बाणिज्य संघसंग समन्वय गर्ने,स्थानीय राजनितिक दल,संघसंस्था,महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समुुहहरुलाई क्रियाशिल बन्न अनुुरोध गर्ने,प्रत्येक वडामा कम्तिमा एक मेडिकललाई अतिआबश्यकीय औषधी खरिद गर्ने र ल्याउने वातावरणमा सहयोग गर्ने, गढवामा रहेको जनता मावीमा पालिका स्तरको क्वारेण्टाईन बनाएर आगामी दिनमा भारत लगायत तेश्रो मुुलुुकबाट आउने नागरिकलाई राख्ने निर्णय गरेको छ ।

यसका साथै सबै स्वास्थ्य चौकीहरुमा हेडेनथर्मोमिटर र स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गर्ने, सबै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी परिचालन गर्ने र सेवा प्रवाह गर्ने तथा गाउँपालिकाभित्र रहेका सबै एम्बुुलेन्सलाई सेवा प्रवाह गर्न आव्हान गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको प्रबक्ता बाबुुराम अधिकारीले जानकारी दिएका छन् ।