गरिब तथा विपन्न परिवार राहत पाउनबाट छुट्नु हुँदैनः अध्यक्ष सुवेदी
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिका भित्रका अति गरिब तथा विपन्न परिवारहरु राहत पाउनबाट छुट्न नहुने बताएका छन् । कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिव विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन नहुने भन्दै अध्यक्ष सुवेदीले गाउँपालिकाका सवै वडा अध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।
कोरोना संक्रमण रोकथामका लागि लगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार टोल, बस्ती, गाउँमा स्यम्ं उपस्थीत भई गरिव विपन्नको खाजी गरि राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष सुवेदीले वडा अध्यक्षहरुलाई निर्देशन दिएका हुन् । गाउँ टोलमा खोजेर सहयोग गर्न र गरिव विपन्न परिवार जनप्रतिनिधिको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।
अध्यक्ष सुवेदीले हालको अवस्थाको उच्च मुल्याङन गर्दै स्थानिय सरकार गाउँपालिकाले विभिन्न खालको उपचार, क्वारेन्टाईन, आईसुलेसन, तथ्याङ लिने राहत, तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारको निति नियम अनुसार र आर्थिक बजेटका आधारमा क्रियाकलाप सञ्चालन गरेको बताएका छन् ।