कोरोना महामारीबाट इटालीमा एकै दिन ७२७ जनाको मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो तथ्यांकसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ ।

त्यस्तै एकै दिन ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएसँगै इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको हो ।  संक्रमितमध्ये १६ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन् । ४ हजार ३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ५ सय ७२ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको जनाइएको छ । विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।