कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४७ हजार नाघ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेमा संख्या ४७ हजार नाघेको छ । आज बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २२२ पुगेको छ । विश्वभर फैलिएको कोरोना भाइरसकाे संक्रमण अहिलेसम्म ९ लाख ३५ हजार ५८१ मा देखिसकेको छ । अहिले ६ लाख ९४ हजार ९९ कोरोनाबाट संक्रमित छन् यसमध्ये ३५ हजार ४७८ को अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ६२१ को अवस्था सामान्य रहेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १३ हजार १५५ जनाको मृत्यु भएको छ । स्पेनमा ९ हजार ३८७ पुगेको छ भने अमेरिकामा ५ हजार १०९ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । सरकारले यसको संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । लकडाउनको आज १० औ दिन हो । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ ।