कस्मिरमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

भारत प्रशासित जम्मु कस्मिरमा आतंकवादी आक्रमण हुँदा बुधबार राति दुई सर्वसाधारणको मृत्यु भएको छ। इन्डिया टुडेका अनुसार बुधबार राति कुलगामको निदिमार्ग क्षेत्रमा आतंकवादीको आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको हो।

प्रहरीले आतंकवादी आक्रमणको खबर राति ११ बजेर २० मिनेटमा पाएका थिए। प्रहरीले निदिमार्गको सिराज अहमद गोर्से र घुलाम हसन वागेको मृत्यु भएको जानकारी दिएको छ। यस आक्रमणको विषयमा अनुसन्धान भइरहेको छ।