पचालझरनाले कोरोना बिशेष काममा खट्ने स्वास्थ्यकर्मीलाई ५ लाखको बिमा गर्ने

यस्ता छन रोकथामका लागि १२ बुदेँ घोषणा

कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको उपचारको लागि अहोरात्र खटने स्वास्थ्इ कर्मीलाई ५ लाखको बिमा गर्ने भएको छ । गाउँपालिकाले प्रोत्साहन स्वरुप भत्तासंगै सुरक्षाको लागि ५ लाखको बिमा गर्ने भएको हो ।

बुधवार बसेको गाउँपालिकाको बोर्ड वैठकले गाउँपालिकाले १२ बुदेँ निर्णय सार्बजानिक गर्दै भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अपरीचित मान्छे गाउँ जाने र आउनेहरुको रेर्कड पनि राख्ने बताएकाे छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष खडकराज सेजुवालको संयोजकत्वमा विपद ब्यबस्थापन समन्वय समिति गठन गरिएको छ । गाउँपालिकाका कर्मचारीहरुले ३ दिन बराबरको तलब भत्ता विपद ब्यबस्थापन कोषमा जम्मा गरि परिचालन गर्ने निर्णय गरेको छ । भने वडा नं. ३ का वडा अध्यक्ष लोकजन कठायतको संयोजकत्वमा एम्बुलेन्स संचालक समिति पनि गठन गरिएको छ ।

त्यस्तै प्रत्यक वडाहरुमा शंकास्पद ब्यक्तिहरुलाई स्वाथ्य चेकाजाँच गरि क्वारेन्टाइनमा राख्ने ब्यवस्था समेत मिलाउने बताइएको छ । गाउँपालिकाले बिपद ब्यवस्थापनका लागि  सबै कर्मचारीको तिन दिन बराबरको रकम बिपद कोषमा जम्मा गर्ने समेत बताइएको छ ।

यस्ता छन १२ बुदेँ घोषणा