गढवा उवासंघको राहत कोष प्रारम्भ

भालुवाङ,दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा र मजदुुरी गरेर छाकटार्ने मजदुुरहरुलाई खाद्यान्न अभाव हुुन नदिन दाङको देउखुरी स्थित गढवा उद्योग बाणिज्य संघले राहतकोष बनाउन सुुरु गरेको छ ।

संघको बुधवार जनता मावि गढवाको फिल्डमा सामाजिक दुुरी कायम गरी भएको बैठकले यो कार्यको सुुरुवात गरेको अध्यक्ष रविलाल आचार्यले जानकारी दिए । गढवा उद्योग बाणिज्य संघको समन्वयमा स्थानीय ब्यवसायीहरु, देउखुुरी सामुुदायिक पुुस्तकालय, देउखुुरी साहित्य मञ्च, गढवा होटल ब्यवसायी संघ लगायतका प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले बुुधवार झण्डै डेढ लाखको हाराहारीमा राहतकोष स्थापना गरेको र त्यसमा क्रमशः थप गर्दै जाने संघले जनाएको छ ।

सघले गढवा र राजपुुरका ३४ वटै नाकाहरुमा खाद्यान्न अभावहुुन नदिन गढवा र राजपुुर गाउँपालिकासंग समन्वय सहकार्य गर्दै खाद्यान्न आपुुर्तिका लागि सहयोग गर्ने बताएको छ । बैठकले बजारमा खाद्यान्न, तरकारी, ग्यास, एम्बुुलेन्सका लागि डिजल र औषधी एवं स्वास्थ्य सामाग्रीहरु लगायतका अत्यावश्यक सामानहरुको कृत्रिम अभाव सृजना नगर्न ब्यवसायीहरुलाई अनुुरोध गरेको छ ।

यसैगरी सरकारको लकडाउनलाई कडाईका साथ पालना गर्न र लकडाउनको अवधिमा ब्यवसायीहरुलाई परेको मर्कालाई सम्बोधन गर्न एक महिनाको सटरभाडा मिनाहा गर्न गढवा तथा राजपुुर गाउँपालिका र स्थानीय धरधनीहरुलाई अनुुरोध गरेको छ । संकटको यो अवस्थामा स्थानीय सरकारहरुले संबेदनशील ढंगले राहातका प्याकेज सुुरुवात गर्न पनि संघले राजपुुर र गढवा दुवै गाउँपालिकालाई आग्रह समेत गरेको छ ।