मेडिकल कलेजमा सफल शल्याक्रियाबाट जुम्ल्याहा बच्चाको जन्म

बाँके, कारोना भाइरसको लकडाउनकै क्रमममा दाङको लमहीमा उपचार हुन नसकेपछि मंगलबार नेपालगञ्ज ल्याएकी एक गर्भवती महिलाको शल्याक्रिया गरेर जुम्ल्याहा बच्चाको ज्यान जोगाइएको छ ।

मंगलबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी डा फरहत बानुको टिमले गम्भीर रहेकी गर्भवती लमही–६ की शबनम सिंह बस्नेतको सफल शल्याक्रियाबाट जुम्ल्याहा बच्चाको ज्यान बचाएका हुन । अस्पतालमा कार्यरत तथा शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा.बानु, एनेशथेसिया डा कपिल पोखरेल, सहायक मोहनजंङ्ग शाह, चौतराम चौधरी, स्टाफ नर्स कमला ओली, रोशनी बस्नेत, श्रेया सिंह बिक, हेल्पर राम अवतार र कुमुद लगायतको टिमले सफल शल्यक्रिया गरेको थियाे ।

शल्यक्रियाबाट जुम्ल्याहा बालकको जन्म भएको छ । चिकित्सकका अनुसार आमा र बच्चा दुबैको स्वस्थ्य अवस्था सामान्य रहेको छ । तीन्र जनाको ज्यान जोगिएकाले परिवार खुःशी रहेको डा.बानुले जानकारी दिइन । गम्भीर रहेकी गर्भवती बस्नेतको लमहीमा उपचार हुन नसक्ने भन्दै आज मंगलबार नै नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।