भारतमा कोरोना संक्रमतिको संख्या १६ सय नाघ्यो,३८ जनाको मृत्यु

काठमाडौं,छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या करिब १६ सय नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित ३८ जनाको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् । -बीबीसी