कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा २२ करोड जम्मा

काठमाडौं, सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५ सय ६९ रुपैयाँ जम्मा भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिए । उनका अनुसार कोषमा मंगलबार नेपाल औद्योगिक महासंघले ५० लाख उपलब्ध गराएको छ । एक लाखभन्दा दाताबाट १ करोड ९ लाख २९ हजार २४ रुपेयाँ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिना बराबरको रकम कोषमा जम्मा गरिकेका छन ।