ओम्‍नी समूहसँगको विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध

कम्पनी कालाेसूचीमा

काठमाडौं,सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्‍नी ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्‍नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

उक्त समूहसँगको ठेक्का विवादमा परेको थियो। ठेक्का सम्झौता तोडिएको जानकारी बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका छन्।

‘सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसक्यो,’ महानिर्देशक श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा भने, ‘उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन।’ उनका अनुसार ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो।