जब राहत सामाग्री बोकेर नाकामा पुगे सांसद चौधरी

भालुवाङ, दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा खाद्यान्न अभाव खड्किएपछि चामल, पिठो, दाल, तरकारी र तेल बोकेर प्रतिनिधिसभा सांसद मेटमणि चौधरी सिमानामा पुुगेका छन् ।

नेपाल सरकारले घोषणा गरेको लकडाउन लम्बिदै जाँदा नेपाल(भारतका सिमा क्षेत्रमा बसोवास गर्ने नागरिकलाई खाद्यान्नको समस्यालाई मध्यनजर गर्दै सिमानामा खाद्यान्न पुुर्याउन अभियान नै थालेको प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले बताए । देउखुुरीको गढवा र राजपुुर गाउँपालिकाका नाका क्षेत्रहरुमा खाद्यान्न अभाव हुुन थालेको गुनासो आउन थालेपछि सांसद चौधरीको गम्भिर ध्यानाकर्षण भएको थियो ।

अभियानको सुुरुवात मंगलबार देउखुुरीको गढवा स्थित कोइलाबास नाकाबाट सुुरु गरेको सांसद चौधरीले बताए । अभियानलाई साकार पार्न कृषि बिकास बैंक बैकिङ कार्यालय लमहीमा सांसद सचिवालयको बैंक खाता समेत खोलिएको सचिवालयका सदस्य मिना गुुरुङले जानकारी दिइन् । देउखुुरीका सबै नाकाहरुमा खाद्यान्न पुुरयाउने योजनाका साथ सचिवालय राहतकोष स्थापना गरिएको उनले बताइन् ।  सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्नुस,भारत लगायत अन्य मुुलुुकबाट आएकालाई क्वारेण्टाईनमा राख्नुुस । लापर्वाही गरेमा कोरोनाले मार्ला तर खाद्यान्न अभावमा तपाइहरुलाई भोकै मर्न पर्ने छैन–सांसद चौधरीले सिमावासीहरुलाई भने ।

कुुल १ सय ८६ घरधुुरी रहेको कोइलाबासमा मंगलबार सांसद चौधरीको सचिवालयले ५० क्विण्टल चामलको साथमा दाल, तेल, तरकारी र एक(एक थैली पिठो समेत वितरण गरिएको सांसद सचिवालयले जनाएको छ । जसमा प्रति घरधुुरी अढाई किलो दाल, तरकारी, १ लिटर तेल र १५ किलो चामल तथा १ थैली आटा वितरण गरिएको छ ।

मंगलबार कोइलाबासको डाँडागाउँ, खबरीनाका र मुुसीनाकाका नागरिकहरुलार्ई खाद्यान्न वितरण गरिएको र भोली बुुधवार कोइलाबास बजारका नागरिकहरुका लागि खाद्यान्न वितरण गर्नका लागि पार्टीका वडानं। ८ का अध्यक्ष सद्दाम सिद्दिकीलार्ई जिम्मा दिइएको सांसद चौधरीले बताए । यसैबीच सांसद चौधरीले कोइलाबासमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई भेटेर कोइलाबासको स्वास्थ्य स्थितिका बारेमा बुुझेका थिए । स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पर्ने इप्युुक्मेण्ट समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आफ्नो निर्वाचन क्षेत्रका जनताहरूलाई राहत उपलबध गर्न सांसद सचिवालयको राहत कोष बनाइएको छ । अब देउखुुरीका नाकाबासीहरुलाई खाद्य समस्या भएमा हामीले आपुुर्तिको ब्यवस्थापन गर्ने छौं–सचिवालय सदस्य तथा नेकपा दाङका नेता सुुरामणि बेल्बासेले सो अबसरमा जानकारी गराएका थिए ।