यथाशिघ्र राहत वितरण गर्न समाजवादी पार्टी दाङको आग्रह
भालुवाङ,दाङ समाजवादी पार्टी दाङले यथाशीघ्र एकद्वार प्रणाली मार्फत वास्तविक विपन्न र ज्यालादारी गरि जिविकोपार्जन गर्ने वर्गको पहिचान गरि राहत वितरण गर्न आग्रह गरेको छ । समाजवादी पार्टी जिल्ला समन्वय समिति दाङका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले मंगलबार एक विज्ञप्ति जारी गरि यस्तो अाग्रह गरेका हुन् ।
उनले विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै सरकारले गरेको लकडाउनबाट गरिव,असाहाय,विपन्न ,एकल महिला,अपांग ,बेसहारा र दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने वर्गहरूमा साँझ विहानको छाक टार्न अत्यन्तै समस्या भएको खवर गाउँ गाउँ बाट आइरहेकाले उनीहरूको पहिचान गरि दाल,चामल,नुन,तेल लगायतका खाद्य सामाग्री वितरण गर्न अाग्रह गरेका हन् ।
सो राहत सामाग्री वितरण गर्न सर्वदलीय सर्वपक्षीय कोरोना भाइरस विपद व्यवस्थापन समिति खडा गरि एकद्वार प्रणाली मार्फत वितरण गर्न सरकारको पार्टीले ध्यानाकर्षण गराएको छ ।