सगरमाथा डेन्टलले स्वास्थकर्मी र सुरक्षाकर्मीलाई गाँसबासको ब्यवस्था गर्ने

दाङको घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिक घोराहीले लक डाउन अबधिभर स्वास्थकर्मी र सुरक्षाकर्मीहरुलाई गास र बासको ब्यवस्था गर्ने भएको छ । सगरमाथा डेन्टल क्लिनिकले आफनै भवनका ४ वटा कोठामा गाँस र बासको व्यवस्था मिलाएको  हो ।

विगत ११ बर्षदेखि सेवारत दाङको घोराहीमा सञ्चालमा रहेको सगरमाथा डेन्टलले विश्व्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउँनका लागि उक्त कदम चलाएकाे बताएकाे छ ।  दिनरात नभनेर नागरिकहरुको उपचार र सुरक्षामा खटिने स्वास्थ्यकर्मी एवंम सुरक्षाकर्मीहरुको जोखिमको अवस्थालाई मध्यनजर गर्दै खान र बस्नको व्यवस्था मिलाएको सगरमाथा डेन्टलका संचालक ईश्वर पौडेलले बताए ।

स्वास्थकर्मी र सुरक्षाकर्मी जनताको लागि ज्यान जोखिममा हालेर दिनरात नभनेर कामको कुनै कदर नहुँदा यो अभियान चलाएको पौडेलकाे भनाइ छ  । 

बिदेशबाट आउने व्यक्तिहरुको आ–आफनो टोल छिमेकीमा खोजी गरि उनीहरुको स्वास्थ्य अवस्था अनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो रुघाखोकी लागेमा तत्काल नजिकको अस्पतालमा कार्यरत चिकित्सकहरुलाई सम्पर्क गरी स्वास्थ्य परामर्श लागि आग्रह गरेको क्लिनिकका संचालक पौडेलले जानकारी समेत दिए ।

साथै दाङमा केही स्वास्थ कर्मीहरुलाई घर बेटीले निकालेपछी मानवीय हराएको भन्दै चौतर्फी बिरोध भएको बेला उक्त डेन्टलले यो कदम सुचारु गरेको हो ।