देवः विकास बैंकले आलोपालो दुई घण्टा सेवा दिंदै

 भालुवाङ,दाङको देउखुरी क्षेत्रमा देव विकास बैंकले आलोपालो दैनिक २ घण्टा सेवा दिने भएका छन् । कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै बैंकले आलोपालो दैनिक २ घण्टा सेवा  दिएकाे हाे ।

  सरकारले गरेको लामो लकडाउनले जनजिवन कष्टकर बन्दै गएको र नागरिकहरूमा पैसा अभावको सिर्जना हुन थालेपछि ग्राहकहरूको समस्यालाई मध्य नगर गर्दै देउखुरी क्षेत्रमा आलोपालो २ घण्टा बैंक र एटिएम खुल्ला गर्ने बैंकका लमही शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिएका छन् ।

रूटिङ अनुसार गढवा शाखाले आज ११ बजे देखि २ बजे सम्म सेवा दिएको छ । त्यस्तै चैत्र १९ गते लमही र भालुवाङ शाखाले सोही समयमा सेवा दिने र चैत्र २० गते सिसहनियाँ शाखाले सेवा दिने बताइएको छ ।