कोरोना अपडेट: धनगढिमा भेटिए चौथो संक्रमित बिरामी

सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

कैलाली,धनगढी नेपालमा चौंथो व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बताए।

संक्रमित व्यक्तिको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष रहेको बताइएको छ। उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए। उनको ल्याबको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो।

  • िउनी केहीदिन पहिले दुवईबाट फर्केको बुझिएको छ। स्वास्थ्य मन्त्रालयले ती संक्रमितबारे थप विवरण प्राप्त गर्दै गरेको जनाएको छ।

काठमाडौं उपत्यककाबाहिर संक्रमित भेटिएको यो पहिलो केस हो। यसअघि काठमाडौंमा तीन जनामा कोभिड–१९ देखिएको थियो। त्यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने दुई जना उपचाररत छन्।

नेपालमा अरू पनि संक्रमित व्यक्ति हुनसक्ने भन्दै प्रवक्ता डा। देवकोटाले क्वारेन्टाइनमा बस्न र लकडाउनका नियमको अनिवार्य पालना गर्न पनि सुझाए। काठमाडौं उपत्यका बाहिरसमेत कोभिड(१९ का बिरामी भेटिएपछि अब थप सतर्कता आवश्यक रहेको उनको भनाइ छ।