‘लकडाउन’ सुर्खेत ! सडकमा सर्बसाधारणलाई सकस,प्रहरीलाई भने हैरानी (फोटो फिचर)

त्रास कोरोनाको

सुर्खेत,बिरेन्द्रनगर बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसले स्थानिय जनजिवन प्रभावित बनाएको छ । स्थानिय प्रशासनले जनता क्फर्यु जारी गरेपछि सर्बसाधारलाई अप्ठयारो भएको हो । बिरेन्द्रनगरबजार पुर्णरुपमा बन्द रहेको छ भने सर्बसाधारणलाई सडकमा आवतजावत गर्न समेत दिइएको छैन । अत्याबश्यक बाहेकका सम्पुर्ण सवारी साधन ठप्प बनाइएको छ ।

जिल्ला प्रशासन कार्यलय सुर्खेतले राति १० बजेदेखि अत्याबश्यक सेवाका एम्बुलेन्स,शब बहान,सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका साधान बाहेक अन्यकुनैपनि सवारी साधन आवागनमा बन्द गर्ने ,अनाबश्यक काम नपरी बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । 

औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन आदेश जारी गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म देशभरका सबैले यो आदेश कार्यान्वयन गर्नुपर्नेछ ।

नेपालमा अहिलेसम्म दुई जनामा कोरोनाको भाइरस पुष्टि भएको छ । त्यसमा पनि एकजना निको भइसकेका छन् ।

हेर्नुस तस्विरमा