चितवनमा डेंगुको जोखिम, उच्च सतर्कता

चितवन , कोरानोको त्रास र जोखिम बढेसंँगै चितवनमा डेंगुको पनि उत्तिकै जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।

अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेंगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन । वर्षा चांँडै सुरु हुनु, गर्मी बढ्दै गएका कारण डेंगु फैलने सम्भावना र जोखिम उत्तिकै बढेको उनीहरुको भनाइ छ ।कोरानाको संक्रमणका लागि पूर्वसावधानी, तयारी र सचेतनामा बढी जोड दिए पनि डेंगु संक्रमणको जोखिम न्यूनीकरणका लागि भने जिल्लामा खासै ध्यान दिइएको छैन ।जसका कारण चितवनमा कोरानासँगै डेंगुको पनि उत्तिकै जोखिम बढ्ने देखिएको हो ।भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख प्रकाश खतिवडा चितवनमा कोरानाको संक्रमणसंँगै डेंगुको जोखिम पनि उत्तिकै बढ्दै गएको बताउंँछन् ।“कोरोनासंँगै डेंगुको पनि जोखिम त छँदैछ,” डाक्टर खतिवडाले भने, “यसपटक मनसुन छिटो शुरु भएकोले पूर्वसावधानी अपनाउनुपर्छ ।”

डेंगु २५ देखि ३० डिग्री तापक्रममा बढी सक्रिय हुने र पानी निरन्तर बढेमा जोखिम बढ्ने उनले बताए ।कोरोना संक्रमणको जोखिम न्यूनीककरणका लागि सबै संयन्त्र तयार भए पनि आगामी दिनमा दोहोरो चुनौती हुनसक्ने उनको भनाइ छ ।अस्पतालमा ज्वरोका बिरामीहरु आए पनि डेंगुका बिरामी हालसम्म नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल बताउंँछन् ।

“आज बिहानैसम्म मात्र १९ जना ज्वरो बिरामी आएका छन्” उनले भने ।कोरोना संक्रमणका लागि अस्पतालले उच्च सतर्कता अपनाए पनि डेंगुका बिरामीको लागि हाल सम्म किटबाट परीक्षण नभएको उनले बताए ।देशभर कोराना संक्रमणको जोखिम नियन्त्रणका लागि सावधानी अपनाए पनि डेंगुको संक्रमण न्यूनीकरण गर्न ढिला गर्न नहुने बताउंँछन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारी ।