पहिलो पटक कोरोना संक्रमणको खुलासा गर्ने डा. लीको परिवारसँग प्रहरीले माग्यो माफी

बेइजिङ, पहिलो पटक कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्ने चिनियाँ चिकित्सक डा. ली वेनलियाङका परिवार ग प्रहरीले माफी मागेको छ ।

पहिलो पटक गत डिसेम्बर महिनामा नेत्ररोग विशेषज्ञ चिकित्सक डा. ली वेनलियाङले कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्दा उनीसहित ८ जनालाई प्रहरीले ‘हल्ला फैलाएको’ भन्दै पक्राउ गरेको थियो ।

हुबेई प्रान्तस्थित वुहान शहरको प्रहरी बलले डा। लीका परिवारसँग ६ सातापछि औपचारिक माफी मागेको हो । अधिकारीले डा। लीका परिवारलाई राहत पनि उपलब्ध गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसकै कारण डा. लीको मृत्यु भएको थियो ।