पचालझरनाको भार्तडीमा कोरोना सचेतनाका लागि प्रारम्भिक स्वास्थ्य परिक्षण सुरु

कोरोनाका बारेमा सचेतना जरुरी- अध्यक्ष सेजुवाल

कालिकाेट, पचालझरना गाउँपालिकाको भात्तडीमा बाहिरबाट प्रबेश गर्ने यात्रुहरुको सचेताका लागि प्रारम्भीक स्वास्थ्य परिक्षण कार्यक्रम सुरुवात गरिएको छ । बिहिबार गाउँपालिका स्वास्थ्य तथा सरसफाइ इकाइको तर्फबाट आयोजित प्रारम्भीक सेचतना कार्यक्रम गाउँपालिकाको प्रबेसद्वार भार्तडिमा सुरु गरिएको हो ।

कार्यक्रम सुभारम्भ गर्दै पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले कोरोना भाइरसको बारेमा अनावश्यक अफवाहपछि लाग्नु भन्दा सचेतना अपनाउनुपर्ने धारणा व्यक्त गरे । सेजुवालले सचेतनाका लागि गाउँपालिकाले प्रारम्भीक स्वास्थ्य परिक्षण सुभारम्भ गरेकाे जानकारी दिए । उनले प्रभावकारी भुमिका खेल्ने समेत  बताए ।

त्यसका लागि स्वाथ्यमा कार्यरत कर्मचारीहरुलाई धन्यबाद समेत ब्यक्त गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने लगायतको अतिथिहरुको उपस्थीति रहेको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएच) ले कोरोना भाइरस (कोभिड–१९० )ले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरीसकेको छ । कोरोनाको संक्रमण चीनले नियन्त्रण गरेपनी अन्य देशमा भने हावाको गतिमा फैलिएको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिका लगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।