नेपालमै उत्पादन स्यानिटाइजर बजारमा

काठमाडौं , वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ ।

कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउँन लागेको हो ।

विभागले नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर उत्पादन गरेको हो । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर सफल परीक्षण गरेको हो ।