१५ सयले घट्यो सुनको भाउ
प्रकासित मिति : २०७६ चैत्र २, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं , सुनको मूल्य आज पनि घटेको छ।
साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ।

