कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयमा सुझाब पेटीका

दिवा खाजाको गुणस्तरलाई बढाउनुपर्ने बिद्यार्थीको माग

जाजरकोट,कुशे गाउँपालिकाका ५४ वटा बिद्यालयहरु मध्ये ३६ वटा बिद्यालयमा सुझाब पेटीका राखिएको छ । बिद्यालयहरुको शैक्षिक सुधार गर्न कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले सुझाब पेटीका राखेको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा बिभागले तयार पारेको गुनासो सुनुवाई कार्यविधी–२०७४ अनुसार कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयहरुमा सुझाब पेटीका राखिएको सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडी क्षेत्र बिकास अभियानद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाको सामाजिक परिचालन अधिकृत निर्मला थापाले जानकारी दिईन् ।

सुझाब पेटीकामा विद्यालयको शैक्षिक सुधार गर्न अविभावक र बिद्यार्थीहरुले राखेका गुनासोहरुको सुनुवाई हुन थालेको छ अधिकृत थापाले भनिन–‘कार्यबिधीले गरेको व्यवस्था अनुसार बिद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा रहेको ७ सदस्य गुनासो सुनुवाई समितिले सुझाव पेटीकामा आएका गुनासोहरुको सम्बोधन गर्ने गरिएको छ ।’