होलीमा अभद्र व्यवहार गर्ने ६५ जना पक्राउ

काठमाडौं, प्रहरीले होलीमा अभद्र व्यवहार गर्ने ६५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले ७ जना महिलासहित ६५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम उल्लंघनमा १५ सय ६६ जनालाई नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकरी दिए ।

सोमबार राजधानीका ७५ स्थानमा चेक प्वाइन्ट राखिएको थियो भने ५ सय ६६ जना ट्राफिक प्रहरी खटाइएको थियो ।