चितुवाको छाला सहित लिम्बु पक्राउ

ताप्लेजुङ,प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छालासहित पक्राउ गरेको हो । उनको साथबाट २ थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

 प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त छाला फेला पारी उनलाई सोमबार पक्राउ गरेको हो । लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।