इटालीका सेना प्रमुखलाई नै कोरोना संक्रमण

ज्यान गुमाउनेको संख्या झन्‌ बढ्दै

एजेन्सी, इटलीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीव्र बनेको छ । यसबाट मृत्यु हुने मानिसको संख्या एकैचोटी १३३ थपिएर ३६६ पुगेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार इटलीमा कोरोना संक्रमितको संख्या २५ प्रतिशत बढेर ५ हजार ८८३ बाट ७ हजार ३७५ पुगेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि इटलीका लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिए पनि संक्रमण बढेको बढ्यै गरेको बीबीसीले जनाएको छ । यसैबीच इटलीमा पछिल्लो पटक संक्रमण पुुष्टि भएका व्यक्तिहरूमा त्यहाँका सेना प्रमुख पनि परेका छन् ।