पचालझरनाको जारकोटमा देउडा खेल्दै मनाइयो नारी दिवस
प्रकासित मिति : २०७६ फाल्गुन २५, आईतवार १९:४९
प्रकासित समय : १९:४९
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका वडा नं ४ जारकाेटमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरि मनाइएको छ । पचालझरना गाउँपालिका वडा नं ४ जारकोटमा देउडा खेल्दै मनाइएको हो ।
हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने यो दिवसलाई वडा नं ४ को आयोजनामा मनोरन्जनात्मक ढंगले मनाएको वडा अध्यक्ष अरुण रोकायले जानकारी दिए । रोकायका अनुसार महिलाहरुको बिशेष उपस्थीतिमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवसलाई जनचेतनामुलक कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य ऐना शाही गाउँपालिका बिभिन्न फाँटका कर्मचारी र सरोकारवालाहरुको उपस्थीति रहेको बताइएको छ ।