युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम

कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताएका छन । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा औँल्याएको हुन ।

 कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बमले समाज रुपान्तरणमा लाग्ने अभियान्ताले पनि स्यंम संगठित हुनुपुर्ब रुपान्तरण हुने प्रतिबद्धता गर्न आबश्यक रहेको बताए ।

नेपाल युवा परिषदले दिएको सरकुलर अनुसार आज कालिकोट मान्ममा उक्त कार्यक्रम आयोजना गरिएको हो । ममता अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश युवा परिषदको संयोजक ईन्द्रजित सुनार बिशेष अतिथि थिए ।