महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया

काठमाडौं, अस्ट्रेलिया महिला क्रिकेट टोली पाँचौ पटक आईसीसी टि–२० विश्वकपको च्याम्पियन बनेको छ ।

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतीय महिला टोलीलाई ८५ रनले पराजित गर्दै अस्ट्रलिया उपाधि घरमै राख्न सफल भएको हो । यसअघि अस्ट्रेलियाले सन् २०१०,०१२, ०१४ र २०१८ मा गरि चार पटक विश्व विजेता बनिसकेको छ ।

 टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभर पुरा खेल्दै १ सय ८५ रन को लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा सवै विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।