बंगलादेशमा पनि देखियो कोरोना,

ढाका, बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ ।

संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीबाट फर्केको जनाइएको छ । यसअघि भने बंगलादेशमा कोरोना भाइरसको संक्रमण देखा परेको थिएन ।

गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप हालसम्म एक सय भन्दा धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाका कारण इटालीले १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ३६ सय जनाको ज्यान गइसकेको छ भने अरु एक लाख भन्दा धेरै संक्रमित छन् ।