अध्यक्ष शाहीमाथिको प्रहरी दुर्व्यवहार आपतिजनक- अखिल क्रान्तिकारी

इट्टाको जवाफ पत्थरले दिने चेतावनी

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का बाँके जिल्ला अध्यक्ष डिबि शाही माथि गरिएको प्रहरी दुब्र्यवहार प्रति आपत्ति जनाएको छ । विहिवार संगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज मदन चन्दले एक विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त व्यवहार प्रति आपत्ति जनाएका हुन् ।

संगठनका बाँके जिल्ला इन्चार्ज चन्दद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’हिजो फाल्गुन २३ गते कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा पढिरहेको बेला हाम्रो संगठनका जिल्ला अध्यक्ष डिबि शाहीमाथि प्रहरीद्वारा करिब १० घण्टा लगातार क्याम्पसलाई घेराबन्दी गरी क्याम्पस हाताभित्र प्रवेश गरेर गरिएको दुर्व्यवहार र ज्यादतिप्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, विज्ञप्तिको अगाडी लेखिएको छ,’सामाजिक दलाल फाँसिवादी केपि-रामबहादुर सरकारको ठाडो निर्देशनमा भएको उक्त घटनाको हामी घोर भत्सर्ना एंवम् तिब्र घृणा गर्दछौं । विद्यालय तथा क्याम्पस जस्तो संवेदनशिल क्षेत्रमा विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा पठन-पाठन गर्न पाउने मौलिक अधिकारलाई कुन्ठित गर्दै जसरी क्याम्पस हातभित्र सुरक्षाकर्मिहरु गुण्डागर्दी शैलिमा परिचालन गरि विद्यार्थीहरुलाई त्रसित वातावरण सिर्जना गरिएको छ । 

यस्तो छ विज्ञप्ति