कोरोनाका कारण इटालीमा १सय ९७ जनाको मृत्यु

रोम,कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४९ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

इटालीमा २४ घण्टामा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै हो । यसबाहेक संक्रमितको संख्या हालसम्म ४६ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण इटालीमा चीनपछि सबैभन्दा धेरै जनाको ज्यान गएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म विश्वभर ३२ सय जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने अरु ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।