संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोयारको निधन

काठमाडौं,संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको निधन भएको छ। उनको पेरुको लिमास्थित आफ्नै निवासमा १ सय वर्षको उमेरमा निधन भएको हो।

दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका उनलेले दक्षिण अमेरिका, अफ्रिका, एशिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् १९८१ मा उनी पाँचौं महासचिव पहिलो पटक नियुक्त भएका थिए। पेरुका राष्ट्रपति मार्तिन भिसकाराले कोयार लोकतन्त्रवादी रहेको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन्।